निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिगको ‘सुपर सिक्स’मा

बैतडी | कात्तिक ८, २०८१

निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिगको ‘सुपर सिक्स’मा बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिगको बिहीबारको खेलमा म्यान अफ द म्याच भएका गुरूखोला लायन्सका आकाश चन्द ।

बैतडी:   निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । 


यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न  खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो ।

    
जितका लागि पाएको २४३ रनको विशाल लक्ष्य पछ्याएको नागार्जुन १८ ओभरमा १७८ रनमा समेटियो । नागार्जुनका अनुराग चन्दले सर्वाधिक ४५ रनको योगदान गरेपनि जितका लागि सम्भव भएन । निङगलाशैनीका गजेन्द्र बोहराले तीन, खडक बोहरा र विरेन्द्र चन्दले दुई–दुई विकेट हात पारे । 

    
खडक म्यान अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो । टस हारेर ब्याटिङको निम्ता पाएको निङ्गलाशैनीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २४२ रन बनायो । जसमा दीपक बोहराले अविजित ७८, खडक बोहराले ६३ रनको योगदान दिए । 

    
नागार्जुनका धिरज ठगुन्ना, गोविन्द नाथ, अम्मर चन्द र कृष्ण भाटले एक–एक विकेट हात पारे । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोली सहभागी छन् । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेको छ । 

    
प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिनुभयो । 

    
यसैगरी म्यान अफ द सिरिज बापत् रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्